जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनएमबि र ओमले बोलाए विशेष साधारणसभा

एनएमबि र ओमले बोलाए विशेष साधारणसभा

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जरको अन्तिम तयारीका लागि विशेषसाधारणसभा गर्ने भएका छन् । एनएमबिले ओमलाई मर्ज गर्ने प्रस्ताव अनुमोदन गर्न मङ्गलबार (साउन २८ गते) विशेष साधारण सभा बोलाएको छ । ओमले पनि सोमबार (साउन २७ गते) विशेष साधारण सभा बोलाएको छ ।

सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिने बताइएको छ । एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्न लागेको हो । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।

मर्जरका लागि नियामक निकाय केन्द्रिय बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । केन्द्रिय बैंकको सहमति अनुरुप दुबै बैंकले सभा बोलाएका हुन् ।

सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि छ । एनएमबिले सेयर ब्रोकरको काम पनि गर्ने भएको छ । यसका लागि प्रबन्धपत्रमा आवश्यक बुँदा थप गर्ने प्रस्ताव पनि छ ।

एनएमबि र ओमले जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का भएको छ । जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

10005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।