जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेप्सेको अध्यक्षमा पौडेल नियुक्त

नेप्सेको अध्यक्षमा पौडेल नियुक्त

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै हाल भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

पौडेलले आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने कार्यक्रम रहेको छ। पौडेल यस अघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालिन बीमा समितिको संचालक समिति सदस्य भईसकेका छन् । उनले तत्कालिन बीमा समितिको संचालक हुँदा समितिको काम कारबाहीप्रति असन्तुष्टि जनाउदै नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए।

नेप्सेको अध्यक्षमा नियुक्त भएको पुष्टि गर्दै पौडेलले शेयर बजारमा भएका विकृति र विसंगति विरुद्द कडा रुपमा प्रस्तुत हुने प्रतिकृया दिएका छन्। “यस अगाडी पनि धितोपत्र बोर्डको अध्यक्ष हुँदा केहि सकारात्मक काम गर्ने प्रयास भएको थियो, अब नेप्सेको अधिकार क्षेत्र भित्रका काम कारबाही पनि शसक्त रुपमा अगाडी बढाउँछु, यहाँका बेथिति र विसंगति बिरुद्द कडा कदम चाल्छु” उनले भने।

पौडेलसँग ठुला करदाता कार्यलय प्रमुख, आन्तरिक राजश्व बिभाग प्रमुख भएर काम गरिसकेको अनुभव छ। भन्सार बिभागको प्रमुख भएर जिम्मेवारी सम्हालेयता राजश्व संकलन तथा भन्सार चुहावट रोक्नलाई पौडेलको भूमिकालाई प्रशंसा गरिएको छ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका