जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०

हालको खबर

  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने,

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने,

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने भएको छ ।  कम्पनीको १४ औं वार्षिक साधारण सभामा  कम्पनीका अध्यक्ष मनोहरदास मूलले मर्जरमा नजाने बतानुभएको हो ।

अहिले लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने मनस्थिति नभएको अध्यक्ष मुलले बताए । ग्राहकको विश्वास र व्यवस्थापनको कार्यकुशलताको कारण कम्पनी स्थापनाकालदेखि हालसम्म व्यवसायमा निरन्तर वृद्धि भइरहेको अध्यक्षले जानकारी दिए । सञ्चालक समितिले कम्पनीका नीतिगत विषयहरुमा आवश्यक व्यवस्था गर्ने र सो बाहेक कम्पनीका सबै काम कारबाहीमा व्यबस्थापनलाई अधिकार दिएको अध्यक्षले बताए ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण कम्पनीका अध्यक्ष मनोहर दास मूलले प्रस्तुत गरेका छन् ।

साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष मूलले बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको तर बीमा समितिको निर्देशन अनुसार १ अर्ब रुपैयाँ चुक्ता पूंजी पु¥याउन यस कम्पनीलाई  १२ करोड रुपैयाँ आवश्यक पर्नेमा साविककै ढांचामा वित्तीय विवरण तयार गर्दा करिब   १४ करोड ८० लाख रुपैयाँ बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयां ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराएका थिए  ।

बीमा समितिको निर्देशन अनुसार १ अर्ब रूपैयँ चुक्ता पूंजी पु¥याउनको लागि २०७६बैशाख २५गते बसेको बिशेष साधारण सभाको निर्णय अनुसार २० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको  अध्यक्षज्यूले जानकारी गराए ।

साथै अध्यक्ष मूलले संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी दिए । आ.ब. २०७४/०७५ मा अघिल्लो बर्षको तुलनामा १२ प्रतिशतले बृद्धि भई करिब रु. १ अर्व २६ करोड बीमाशुल्क आर्जन भएको साथै आ.ब. २०७५/०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका