जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कुनै बेला ६० प्रतिशत पुगेको एनपीए अहिले ३ प्रतिशत हुँदा आश्चर्य मान्नु पर्दैनः गभर्नर

कुनै बेला ६० प्रतिशत पुगेको एनपीए अहिले ३ प्रतिशत हुँदा आश्चर्य मान्नु पर्दैनः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले निष्कृय कर्जा बढेको भनेर धेरै होहल्ला गर्नु आवस्यक नभएको बताएका छन् । ‘कुनै बेला एनपीए ६० प्रतिशतसम्म पुगेको थियो’, उनले भने ‘अहिले ३ प्रतिशतमा आउँदा के भयो भनेर आश्चर्य मानिन्छ ।’ राष्ट्रिय बाणिज्य बैंकका ५९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले अहिले पनि निष्कृय कर्जा नियन्त्रण घेराभन्दा बाहिर नगएको बताए । अहिले अर्थतन्त्रमा सुधार भएको भन्दै उनले बैंकहरुको लाभांश क्षमता पनि कमजोर नभएको दाबी गरे । उनले थपे, ‘अहिले बैंकहरुको नाफा घटेको देखिएको छ । तर यो वास्तवमा नाफा घटेको होइन । प्रोभिजन बढी भएकाले नाफा घटेको देखिएको हो ।’

कुनै नयाँ कर्जा दिएको पहिलो दिन नै १.५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । पुस मसान्तसम्म २० वटा बाणिज्य बैंकले ४६ अर्ब ६ करोड ६८ लाखभन्दा बढी रकम प्रोभिजनबापत छुट्टाएका छन् । अहिले पनि प्रोभिजनलाई हेर्ने हो भने सिंगो बैंकिङ क्षेत्रको खुद निष्कृय कर्जा दर १ प्रतिशत हाराहारीमात्रै भएको गभर्नरले बताउँदै आएका छन् । यस कारण बैंकहरु अहिले पनि सशक्त अवस्थामा रहेको उनले दोहोराए ।

उनले अहिले आधार दर ८ प्रतिशतमा झरिसकेको भन्दै १०.२५ प्रतिशतमा अधिकतर कर्जा दिन सक्ने अवस्था बनेको बताए । यसले अर्थतन्त्रमा सुधार भइरहेको उनले दोहोराए । बाह्य क्षेत्र सुधार भइसकेको र अव विस्तारै आन्तरिक अर्थतन्त्रले सुधारको दिसा पक्डेका कारण वित्तीय क्षेत्रमा देखिएका चुनौतीहरु पनि क्रमशः हल हुँदै जानेमा गभर्नरले विस्वास व्यक्त गरे ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका