जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

एनएलजी इन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

एनएलजी इन्स्योरेन्स कम्पनीले वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म एक अर्ब ६६ करोड ५५ लाख ७१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो आवको सोही अवधिमा एक अर्ब ५० करोड ४८ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै कम्पनीले ८१ करोड ९३ लाख २२ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम १८ प्रतिशतले बढि हो । गत आवको सोही अवधिमा कम्पनीले ६९ करोड १५ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैथो त्रैमासको अवधिमा कम्पनीले १७ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ७० पैसा रहेको थियो ।

कम्पनीको जगेडा कोषमा १९ करोड ८३ लाख रुपैयाँ संचित छ । कम्पनीको जगेडा कोष ६५ प्रतिशतले वृद्धि हुन सफल भएको छ । कम्पनीको बीमा कोष भने १२ प्रतिशतले वृद्धि हुँदै ७९ करोड २२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको हाल पूँजी ६४ करोड रुपैयाँ रहेको छ ।

चौथो त्रैमासको अवधिमा कम्पनीमा एक लाख ७१ हजार एक सय ६४ वटा बीमालेख जारी भएका छन् । कम्पनीले चौथो त्रैमासको अवधिमा ९७ करोड ५५ लाख ७० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ८४ करोड ८८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

7805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका