
नेपाल बैंकर्स संघले बैंकहरुलाई शेयर ब्रोकरेजको लाइसेन्स प्रदान सम्बन्धी समाचारमा मिडियाहरुले गलत प्रचार गरेकोमा आपत्ती जनाएको छ ।
बैंकर्स संघका अनुसार केही मिडियाहरुले बैकिङ्ग क्षेत्रको बारेमा जनमानसमा नकरात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेको संघले बताएको छ ।
यस विषयमा संघले प्रेस काउन्सिल नेपालसँग समन्वय गरी यस प्रकृतिका कपोकल्पित समाचारहरु प्रकाशनमा रोक÷कारवाही लगायतका अन्य कानुनी प्रक्रियामा जाने बताएको छ ।
यसका साथै संघले राष्ट्र बैंकबाट हालै जारी गरेको परिपत्रमार्फत औसत व्याजदर अन्तर गणना गर्ने विधिलगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावका बारेमा फेरि राष्ट्र बैंकलाई सम्झाउने पनि निर्णय गरेको छ।
संघले राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराएपछि त्यहाँका उच्चपदाधिकारीहरुका साथ यस विषयमा छलफल भई भएको समझदारी अनुसार उल्लेखित प्रावधानहरुमा संसोधनको लागि पुनः अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
नेपाल बैंकर्स संघले बैंकहरुलाई तुरुन्तै शेयर ब्रोकरेजको लाइसेन्स प्रदान गर्न माग गरेको छ। संघको बुधबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो।
नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेजलाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपछि बैंकहरुले सबै प्रकृया पुरा गरी सेवा प्रदानगर्न आन्तरिक तयारी समेत पुरा गरेको सन्दर्भमा लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै आपत्ति जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































