जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सीसीटिभीको फूटेज रातारात गायब गराउने अर्थमन्त्री शर्माद्वारा आर्थिक अपराध गरेको पुष्टी ?

Sticky Breaking News

सीसीटिभीको फूटेज रातारात गायब गराउने अर्थमन्त्री शर्माद्वारा आर्थिक अपराध गरेको पुष्टी ?

अब अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्दछः कांग्रेस महामन्त्री थापा

सीसीटिभीको फूटेज रातारात गायब गराउने अर्थमन्त्री शर्माद्वारा आर्थिक अपराध गरेको पुष्टी ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काम मुलुकका अर्थमन्त्री जनार्दन शर्माबाटै हुन्छ भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । मुलुकको अर्थतन्त्रको ढुकुटीको रेखदेख गर्ने अर्थमन्त्री शर्माले बजेट सार्वजनिक हुने अघिल्लो रात अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर करका दरहरु परिवर्तन मात्रै गरेनन् गोप्य सूचना समेत बेचे भन्दा अब फरक पर्दैन । बजेटमा करका दर परिवर्तन देखि सूचना विक्री भएको भन्दै सदन र सडकमा विरोध भएपछि अर्थमन्त्री शर्माकै निर्देशनमा सिसिटिभी फूटेज डिलिट गराएको खुलेको छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

राज्यको ढुकुटी हामी जस्ता गरिब जनताले तिरेको कर बाटै जम्मा भएको सम्पत्ती हो यसको दुरुपयोग गर्नु आर्थिक अपराध गर्नु सरह हो हेक्का होस् । प्रतिपक्ष दल नेकपा एमाले सदन र सडकसम्म बजेटको विरोध गर्दै आएको छ । तर अर्थमन्त्रीले चित्त बुझ्ने उत्तर दिएका छैनन् । पद जोगाउन उनी एक पछि अर्को गल्ती गर्दै हिडेको भेटिएको छ ।’

सत्ता गठनकै मुख्य दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले अर्थमन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीेज्यूले अब हटाउनु पर्ने बताएका छन् । महामन्त्री थापाले पत्रकारहरुसंग कुरा गर्दै भने अर्थमन्त्रीका बारेमा सदन भित्र र बाहिर प्रश्न उठेका कारण अब उनीले राजिनामा दिनु महामन्त्री थापाले थपेः– अब प्रधानमन्त्रीजीले अर्थमन्त्रीलाई तत्कालै हटाउनु पर्दछ र तक्कालै पनि छानवीन गर्नु पर्दछ ।

काग्रेस महामन्त्री थापाकै शब्द सापटी लिने हो भने अब अर्थमन्त्री शर्मालाई पदमा बसी रहने अधिकार नै छैन । मुलुकका आम जनताको करबाट जम्मा भएको ढुकुटीलाई आफ्नो सम्पत्ती जस्तै गरी चलाउन पाइदैन हेक्का होस् । तत्कालै छानवीन होस् । केही घरघराना र समूहलाई लाभ हुने गरि कर छुट दिने र रातारात अर्बै आर्थिक चलखेल गर्ने जनता र राष्ट्र माथि प्रतिघात गर्ने अर्थमन्त्री शर्मा यो मुलुकलाई चाहिएको छैन प्रधानमन्त्रीज्यू हेक्का होस् ।

जबकी कार्यविधिमा स्पष्ट भनिएको छ, ’सीसीटीभी बिग्रिएर मर्मत गर्नुपर्ने भएमा , हटाउनुपर्ने भएमा वा परिवर्तन÷फेरबदल गर्नुपर्ने भएमा सोको अग्रीम जानकारी नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई लिखित रूपमा जानकारी गराउनुपर्नेछ । यसो गर्दा सीसीटीभीबाट खिचिएका श्रव्यदृश्यहरू सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ भन्ने छ भन्दा फरक पर्दैन ।

अर्थमन्त्री शर्माले सीसीटीभी जडान तथा संचालनसम्बन्धी कार्यविधि २०७२ को उल्लङ्घन गर्दै अर्थमन्त्री जनार्दन शर्माकै निर्देशनमा शाखा अधिकृत धनकुमार राईले आव २०७९÷८० बजेट सार्वजनिक हुनुहुनुभन्दा अघिको सीसीटीभी फुटेज अभिलेखमा नरहेको भन्दै गैरजिम्मेवार विज्ञप्ति जारी गर्नुले अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराध छर्लङ्ग भएको छ । भन्दा फरक पर्दैन । जबकी कार्यविधिमा स्पष्ट भनिएको छ, ’सीसीटीभी बिग्रिएर मर्मत गर्नुपर्ने भएमा , हटाउनुपर्ने भएमा वा परिवर्तन÷फेरबदल गर्नुपर्ने भएमा सोको अग्रीम जानकारी नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई लिखित रूपमा जानकारी गराउनुपर्नेछ । यसो गर्दा सीसीटीभीबाट खिचिएका श्रव्यदृश्यहरू सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ भन्ने छ भन्दा फरक पर्दैन ।

अर्थमन्त्री शर्माले कति ठूलो आर्थिक अपराध गरेका छन् भनेर । यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको भन्दै गैर–जिम्मेवार रूपमा विज्ञप्ति जारी गरिएको भेटिएको छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

अर्थमन्त्रालयले गैर–कानूनी रूपमा आज एक विज्ञप्ति जारी गर्दै फुटेज डिलेट भएको जनाएको हो । भन्दा फरक पर्दैन । यसबाटै प्रस्ट भएको छ । अर्थमन्त्री शर्माले कति ठूलो आर्थिक अपराध गरेका छन् भनेर । यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको भन्दै गैर–जिम्मेवार रूपमा विज्ञप्ति जारी गरिएको भेटिएको छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

अर्थमन्त्री शर्माले केही निश्चित उद्योगी व्यापारीलाई मात्र फाइदा पुर्याउने र राज्यलाई कंगाल बनाउने उद्देश्यका साथ बजेट निर्माण प्रक्रियामा एकलौटी हस्तक्षेप गरेर एक गैर–नेपालीलाई गैर–कानूनीरूपमा बजेट निर्माण प्रक्रियामा सामेल गराउने र त्यसबारे सूचना माग गर्दा फुटेज नै डिलेट भएको जवाफ दिएर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अपराध गरेको पुष्टि भएको भेटिएको छ । अर्थमन्त्रालय जस्तो संवेदनशील सिंहदरवार भित्रको सीसीटीभी फुटेज कसरी डिलेट हुन सक्छ ? जसरी पनि पदमा टिकिरहने र आर्थिक अपराध गरिरहने मानसिकता बोकेकाले दिने भनेको गैर–जिम्मेवार जवाफ नै हो, जुन विज्ञप्तिमार्फत आइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हेक्का होस् । छानवीन पनि होस् ।

मन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा केही अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको समाचारहरू बाहिरिएपछि यससम्बन्धमा निकै बहसहरू भए । अझै बहस जारी छ त्यसपछि मन्त्री शर्माले जनता सुसूचित हुने हकविरुद्ध बोल्दै ’कसैले माग्दैमा सीसीटीभी फुटेज दिइन्न’ भन्दै सार्वजनिक कार्यक्रममा बोल्दै हिंडेका भेटिएको छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

मन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा केही अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको समाचारहरू बाहिरिएपछि यससम्बन्धमा निकै बहसहरू भए । अझै बहस जारी छ त्यसपछि मन्त्री शर्माले जनता सुसूचित हुने हकविरुद्ध बोल्दै ’कसैले माग्दैमा सीसीटीभी फुटेज दिइन्न’ भन्दै सार्वजनिक कार्यक्रममा बोल्दै हिंडेका भेटिएको छ । प्रधानमन्त्रीज्यू हेक्का होस् । आफूमाथि छानबिन हुने भएपछि मन्त्री शर्माले फुटेज डिलेट गरेकोमा दुईमत छैन । तर बढी बाठो बन्दा उनी थप फन्दमा पर्ने निश्चित अब भएको देखिन्छ ।

सत्ताको स्वाद चाखिरहने र नीति निर्माणमा आफ्नो हालीमुहाली कायम गरिरहने उद्देश्यका साथ राजनीतिक दल अदलबदल गरिरहने केही अर्ब÷खर्बपतिहरूको स्वार्थका कारण प्रमुख प्रतिपक्षी दलले पनि यो मुद्दालाई कमजोर हिसाबले प्रस्तुत गर्नुहुँदैन भन्दा फरक पर्दैन । गम्भीर आर्थिक अपराधमा मुछिएका अर्थमन्त्री शर्मालाई अर्थमन्त्री पदबाट राजीनामा दिन लगाएर मात्र पुग्दैन ।

सत्ताको स्वाद चाखिरहने र नीति निर्माणमा आफ्नो हालीमुहाली कायम गरिरहने उद्देश्यका साथ राजनीतिक दल अदलबदल गरिरहने केही अर्ब÷खर्बपतिहरूको स्वार्थका कारण प्रमुख प्रतिपक्षी दलले पनि यो मुद्दालाई कमजोर हिसाबले प्रस्तुत गर्नुहुँदैन भन्दा फरक पर्दैन । गम्भीर आर्थिक अपराधमा मुछिएका अर्थमन्त्री शर्मालाई अर्थमन्त्री पदबाट राजीनामा दिन लगाएर मात्र पुग्दैन । उनीमाथी तत्कालै एउटा संसदीय समिति बनाएर छानवीन हुनु जरुरी देखिन्छ । सचेत भया ।

4940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?