जोडिनुहोस
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंक र E-Sewa बीच यस बैंकको खाता E-Sewa मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार E-Sewa ले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ ।

यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ । यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा E-Sewa को तर्फबाट E-Sewa का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गर्नुभयो ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका