जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सिभिल, ओरियन्टल र गौतमश्री सहकारीद्वारा बचतकर्ताहरुको अर्बै रकम घर जग्गा र शेयरमा लगानी गरेको खुलासाः लाखौ लाख बचतकर्ताहरुको उठिबास !

सिभिल, ओरियन्टल र गौतमश्री सहकारीद्वारा बचतकर्ताहरुको अर्बै रकम घर जग्गा र शेयरमा लगानी गरेको खुलासाः लाखौ लाख बचतकर्ताहरुको उठिबास !

नेपालका ३० हजार भन्दा बढि सहकारी संस्थाहरुमा नेपाली जनताको रगत र पसिनाबाट कमाएको करिब÷करिब ३ खर्ब ५० अर्ब भन्दा बढि पैसा छ भन्दा अब चाहि अन्यथा नहोला । कुनै जमानाका चर्चित ओरियन्टल सहकारी सिभिल सहकारी र अहिले चर्चामा आएको गौतमश्री सहकारीले लाखौ लाख जनताहरुको उठिबास लगाएका छन् भन्दा अब फरक पर्दैन । तर, पनि महंगो ब्याज र आफन्तहरुको लहिलहिमा लागेर सहकारीमै बचत गर्नेहरुको संस्था ९० लाख भन्दा बढि छ भन्दा फरक पर्दैन हेक्का होस् । एक पछि अर्को सहकारी संस्थाहरुले जनताको बचत डुवाएका घटना बाहिर आएपनि अझै सहकारी नै रोज्नुको मुलकारण बचत ब्याजदर १५ देखि २० प्रतिशत नै हो भन्दा फरक पर्दैन । सहकारी संस्थाहरुले मंहगो ब्याजमा लिएको बचत कर्ताहरुको डिपोजिट रातारात घरजग्गा र शेयरमा लगानी गरेकै कारण बचतकर्ताको उठिबास भएको तथ्य विगतमा ओरियन्टल र सिभिल सहकारीको लगानीबाटै प्रस्ट देखिन्छ भन्दा फरक पर्दैन ।

अहिले चर्चामा रहेको गौतम श्री सहकारीले पनि यी दुई पात्रकै प्रविति जस्तै बचतकर्ताहरुको डिपोजिट शेयर र घरजग्गामै लगाएको भेटिएको छ हेक्का होस् ।
धुलीखेल नगरपालिका ११ पात्लेखेतका रामबहादुर गौतम अहिले कहाँ छन् कसैलाई पत्तो छैन । किनकी, काठमाडौँ १४ कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनी सम्पर्कबिहीन भएको दुई हप्ता भन्द बढि भएको छ ।

उक्त सहकारी संस्थामा २ हजार ५ सय बढी बचतकर्ताको ७ अर्ब बढी निक्षेप रकम डुबेको छ भन्दा फरक पर्दैन । आफूले राखेको बचत जोखिममा परेपछि बचतकर्ताहरु सहकारी विभागमा धाईरहेको भेटिएको छ । हालसम्म १ हजार २ सय बढी बचतकर्ताले विभागमा उजुरी दिईसकेको देखिन्छ हेक्का होस् । बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने भएपछि सञ्चालकहरु फरार भएको यो नै पहिलो घटना भने होइन । हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विषयमा सहकारी विभागमा उजुरी परिसकेको भेटिएको छ ।

नेपालमा खुलेका ३० हजार बढी सहकारीको नियमन गतिलो नहुँदा सहकारीका सञ्चालकले आफूखुशी सेयर बजार र घरजग्गामा लगानी गर्दा बचतकर्ता डुबेको देखिन्छ । विगत १ वर्ष अगाडी सिभिल सहकारी । संविधानसभा सदस्यसमेत रहेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलाएको यो सहकारी खुब चलेको सहकारी थियो । तर, तामाङको महत्वकांक्षाले सहकारी मात्रै डुबेन, तामाङ स्वयम् डुबे भन्दा फरक पर्दैन । उनी अहिले जेलमा छन् ।
ओरियन्टल सहकारी । सुधिर बस्नेतले चलाएको यो ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो ।

तर, २०७६ को फागुनमा सर्वोच्चले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै उक्त सहकारीको दायित्व फरफारक गर्ने दायित्व सञ्चालक सुधिरकै भएको फैसला गरेको थियो । त्यसपछि २०७७ साउनबाट ब्यूँतिएको भएपनि अझैसम्म ओरियन्टल पीडित सबैले पैसा पाएको देखिदैन ।

किन डुब्छन् सहकारी ?
सिभिलका इच्छाबहादुर र ओरियन्टलका सुधिरले आफूले चलाईरहेको सहकारीमा बचतकर्ताबाट संकलन भएको रकम घरजग्गा र शेयरमा लगानी गरेको देखिन्छ । तर, राष्ट्र बैंकले यस्तो कर्जामा सीमा लगाईदिएपछि इच्छा राम तामाङ र सुधिर बस्नेतको व्यवसायिक साम्राज्य डल्यो भन्दा फरक पर्दैन । अर्को महत्वपूर्ण प्रश्न के छ भने सहकारीमा पुगेको पैसा दुवै संग अहिले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कारोबारमा मन्दी आएको छ । यसले बैंक पनि थला पर्ने देखिन्छ । गाउँका भन्दा पनि शहरी इलाकाका सहकारीहरुले बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगानी गरेको देखिन्छ । यस्ता सहकारीहरु क्रमशः यसैगरी समस्यामा पर्ने हो भने देशको अर्थतन्त्रलाई ठूलो असर गर्ने निश्चित छ भन्दा फरक पर्दैन ।

बचतकर्ताको पैसा तिर्न नसकेर फरार भएका गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमको भने आयात र कृषिबाहेक अन्यत्र के के मा लगानी थियो भन्ने अनुसन्धान भईरहेको देखिन्छ । उनी निकट स्रोतको दाबी छ । उनीले पनि सिभिल र ओरियन्टल सहकारी जस्तै गरेर घर जग्गा र शेयरमा लगानी गरेको देखिन्छ । अहिले घरजग्गा र शेयर थलापरेसंगै बचतकर्ताको उठिबास भएको हो । स्मरणीय होस् अहिले सहकारीहरुले ४ खर्ब उठाएको र करिब ३ खर्ब लगानी गरेको खुलेको छ । विगतमा ओरियन्टल सहकारी बचतकर्तालाई दिनुपर्ने १६ अर्ब अझै पाएका छैनन् भन्दा फरक पर्दैन । यति खेर चर्चामा आएको गौतमश्री सहकारीले ७ अर्ब बचतकर्तालाई तिर्नु पर्ने देखिन्छ । यो उठ्ने कुरामा प्रश्न चिन्ह लागेको छ । कहाँ छ राज्य किन बोल्दैन ? सचेत भया ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका