जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

बीमा

नेपाल लाईफको छलाङ

नेपाल लाईफको छलाङ

नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले २८ करोड ५ लाख खुद नाफा कमाएको छ । युवा विवेक झा सीइओ रहेको यस कम्पनीले बीमा बजारमा एकछत्र राज गर्दै आएको छ । सबै सुचकहरुमा छलाङ मारेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा लेखमा समेत छलाङ मारेको देखिन्छ ।

४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस बीमाले जगेडा तथा कोषमा ३ अर्ब ७३ करोेड ६१ लाख रुपैयाँ र जीवन विमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १० दशमलव ८५ प्रतिशतले घटेर ४६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि २३ दशमलव ७२ प्रतिशतले घटेर १८ करोड रुपैयाँ पुगेको देखिन्छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यस अबधिमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । नेपालकै नम्बर १ कम्पनी बनेको यस कम्पनीको सर्वत्र चर्चा छ ।

9105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?