जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रामेछापको मान्थलीमा सनराइज बैंकको शाखा संचालनमा

रामेछापको मान्थलीमा सनराइज बैंकको शाखा संचालनमा

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले मान्थलीमा १२२ औँ शाखा संचालनमा ल्याएको छ ।

औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

4310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?