जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आयो: गभर्नर

राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आयो: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधवार नेपाल बैंकको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गभर्नर अधिकारीले भने, ‘गत सालभर हामीले निकै तरलताको अभाव झेल्नु पर्‍यो । समग्र अर्थतन्त्रलाई नै सुधार गर्नु पर्ने हामीलाई दबाब थियो । यसले गर्दा पनि हामीले कडा पोलिसीहरु लिएर अगाडी बढेका थियौँ । पोलिसी कडा गरेका कारण पनि नेपालको अर्थतन्त्रमा सुधार आएको छ । ।’

कहिबेर अघि नेपाल राष्ट्र बैंकले देशको तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क हेर्दा १४ महिनापछि ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ भएको उनले बताए । यसका साथै उनले बैंकहरुले दिएको कर्जाका कारण कतिपय उद्यमीहरूले सफलता हासिल गरेको समेत बताए ।

‘बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको छ । यसलाई हामीले फेस गर्नु पर्ने हुन्छ’, कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने ।

1975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका