जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • सीड इनर्जीको आइपिओ जारी गर्न एनएमबी क्यापिटलले सघाउने

सीड इनर्जीको आइपिओ जारी गर्न एनएमबी क्यापिटलले सघाउने

सीड इनर्जी लिमिटेडले सर्वसाधारणको लागि जारी गर्न लागेको सेयर (आइपिओ)मा एनएमबी क्यापिटल लिमिटेडले सघाउने भएको छ ।

उक्त प्रयोजनका लागि सीड इनर्जी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडले सहकार्यको सहमति गरेका छन् ।

सीड इनर्जी लिमिटेड सीड इन्भेष्टमेन्ट प्रालिले प्रवद्र्धन र व्यवस्थापन गरेको कम्पनी हो । यसले चाडैं आइपिओ जारी गर्ने तयारी गरेको अध्यक्ष पंकज चन्द्र श्रेष्ठले बताए ।

सीड इनर्जीले जलविद्युत, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गरेको छ ।

‘सीड इनर्जीले आइपिओ जारी गर्नको लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । गर्न लागेको जानकारी गराउँदा हामी उत्साहित छौं’, कम्पनीका अध्यक्ष श्रेष्ठले भनका छन् ।

त्यसैगरी, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश बैद्यले व्यवसायीक रुपमा व्यवस्थित कम्पनीलाई नेपालको पुँजी बजारमा उपस्थित गराउन प्रतिवद्ध रहेको र त्यसैका लागि सीड इनर्जीसँग सहकार्य भएको बताए ।

सीड इनर्जीको लक्ष्य प्राप्तिको लागि आवश्यक सहयोग एनएमबी क्यापिटलले प्रदान गर्ने बैद्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका