जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हुण्डी व्यापारीको चहलपहल बढ्दो

हुण्डी व्यापारीको चहलपहल बढ्दो

नेपालीहरुको महान पर्व वडा दशैं तथा दीपावली नजिकिँदै जाँदा हुन्डी व्यापारीहरु निकै सक्रिय भएका छन् । गैरकानुनी तरिकाबाट रकम भित्र्याएर मनग्य आम्दानी गर्न पल्केकाहरु चार्डपर्वका अवरमा बढी रकम भित्र्याउने तयारीमा जुटेका हुन्।

समाचार स्रोतका अनुसार हुण्डी व्यवसायमा व्यापारी मात्र होइन, रेमिटयान्स कम्पनीसमेत चाडपर्वमा वैधानिक तबरबाट रकम भित्र्याइरहेका छन् । वैधानिक बाटोबाट भित्र्याउने कम्पनी नै अवैध बाटोबाट रकम भित्र्याइरहेका छन् । धेरैजसो रकम बैधानिक बाटोबाट भित्र्याए पनि केही रकम अवैधानिक रुपमा नेपाल भित्र्याइरहेको उनीहरुको बताउँछन् । तर, यस कार्यको निगरानी राष्ट्र बैंकले समेत गर्न सकेको छैन ।

विगतका बर्षहरु खासगरी चार्डपर्वमा अवैधानिक बाटोबाट रेमिटयान्स व्यापारी तथा रेमिटयान्स कम्पनीले पनि भित्र्याउँदै आएका थिए । तर, बैंधानिक खोल ओढेर अवैधानिक कार्य गर्नेहरु रेमिट्यान्स कम्पनीलाई पनि कारबाही हुन सकेको छैन । रेमिट्यान्स कम्पनीले नै राष्ट बैंकका नियमन गर्ने कर्मचारीलाई मोटो रकम दिने र त्यस्तो कार्यलाई संरक्षण प्रदान गर्दै आएका छन् ।

बैधानिक माध्यमबाट मात्र गत वर्ष ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्समार्फत नेपालमा भित्रिएको छ । हुन्डीबाट पनि त्यही रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको बिज्ञहरु बताउँछन् ।कतिपय देशबाट त अझै पनि हुन्डीबाट नै रकम आउने गरेको छ । कतिपय व्यापारीले हुन्डीको रकमबाट विदेशबाट सामान ल्याउने र नेपालमा उनीका परिवारलाई रकम दिने गरेका छन् । यसले गर्दा पनि रेमिटयान्स बार्षिक कति भित्र्न्छ भन्ने अनुमान गर्न कठिन भएको पनि बताइन्छ ।

विगतमा कतिपय मुलुकमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज नभएर पनि हुन्डीबाट रकम ल्याउन बाध्य थिए । त्यसकारण पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्रबाट रेमिट्यान्स ल्याउन अप्ठ्यारो थियो  । पछिल्ला समय ती राष्ट्र«मा धेरै रेमिट्यान्स प्रदायक संस्थाको संख्या बढेको छ  । नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको छ । तर, अझै पनि ती देशबाट हुन्डीबाट नै रकम आउन भने छाडेको छैन ।

विदेश जाने नेपालीको संख्या पोहोरभन्दा घटे पनि विदेशबाट आउने रेमिटयान्स र हुन्डीको व्यापार भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्र्एिको थियो । गत आर्थिक वर्षमा पौनै ९ खर्बको रेमिट्यान्स आएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली ३८।६ प्रतिशतले घटेका छन् । तर, रेमिटयान्स भने १९।९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

मुलुकको आम्दानी भनेकै रेमिट्यान्स भएको छ । नेपालको वार्षिक बजेटको स्रोतका रुपमा सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अग्रस्थानमा परेको छ । संयुक्त राष्ट्रसंघको कृषि विकासका लागि अन्तर्राषर््िट्र«य कोषले सार्वजनिक गरेको प्रतिवेदनमा रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको छ ।

अन्तर्राषर््िट्र«य कोषको प्रतिवेदनअनुसार रोजगारीका लागि विदेश जानेले पठाएको रकमले नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब ३२ प्रतिशत ओगटेको जनाएको छ । नेपालमा रेमिटयान्सको प्रवाह दातृ निकायबाट प्राप्त हुने आधिकारिक आर्थिक सहायता ९ओडीए० भन्दा धेरै छ ।

नेपाली वैदेशिक रोजगारीमा जाने प्रचलनको इतिहास लामै भए पनि अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भएको भने धेरै भएको छैन । विशेषगरी सन् १९९६ पछिको एक दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको अस्थिरताको वातावरणमा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्स बनेको छ । यसरी भित्रिएको रेमिटयान्सको आम्दानीबाट देशको समष्टिगत अर्थतन्त्र तथा व्यक्तिगत परिवारको आर्थिक विकासमा टेवा पुगेको छ भने देशमा विद्यमान गरिबी र बेरोजगारको चपेटामा परेका युवा दक्ष, अर्ध–दक्ष तथा अदक्ष युवाले रोजगारी प्राप्त गरेका छन् ।

अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिटयान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंकको भनाइ छ । यो वर्ष नेपाली रुपैयासंग अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिटयान्स अमेरिकी डलरमा आउँछ  । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ  ।

विदेशमा नेपाली श्रमिकले कमाएको धेरै रकम हुन्डी कारोबारीका कारण विदेशमै अड्किएर बस्ने गरेको छ । औपचारिक माध्यम अर्थात् बैंकिङ च्यानलबाट सबै रकम रेमिटयान्सको रुपमा नआउनुको मूल कारण हुन्डीको कारोबारले गर्दा हो भन्ने कुरामा दुईमत छैन । गैरकानुनी रुपमा रकम ल्याउने÷लैजाने र विदेशी मुद्रामा चलखेल गर्ने हुन्डी व्यवसायीहरू झनै मौलाउँदै गइरहेका छन् ।

7150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका