जोडिनुहोस
सोमवार, साउन ७, २०८१
सोमवार, साउन ७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।
बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र प्रस्तुत गर्न भने लामो समयसम्म बोलाउन सकेको थिएन । यो प्रक्रिया बजेटलगायत अनेक बाहनामा अगाडि बढ्न सकेको थिएन । यस्तोमा सरकारले सर्टलिस्टमा परेका ५ जनालाई पहिलोपटक कार्यपत्र प्रस्तुत गर्न बोलाएको थियो । तर कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि भने २ जना मात्रै उपस्थित भएका थिए भने अन्य ३ जनाले बहिष्कार गरेका थिए ।

अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा २ जना मात्रै कार्ययोजना तथा अन्तर्वार्ताका लागि सहभागी भएपछि समितिले यसअघि अनुपस्थित भएका ३ जनालाई कार्ययोजना प्रस्तुतिकरणका लागि पुनः बोलाएको थियो । दोस्रोपटक पनि ३ नै जना उपस्थित भएका थिएनन् ।

पहिलोपटक बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।

यसपछि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले समितिलाई २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको थियो ।

महान्याधिवक्ता कार्यालयले कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले कम्तीमा ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्न सक्नेसहितको लिखित जवाफ दिएको थियो ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका