जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

आर्थिक विशेष

ऋणको ब्याजदर घट्यो

ऋणको ब्याजदर घट्यो

ऋणको ब्याजदर घटेको छ । बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा कर्जाको भारित औसत ब्याजदर कम भएर १२.०८ प्रतिशत छ । जबकी गत वर्षको साउन महिनामा कर्जाको औसत ब्याजदर १२.४७ प्रतिशत थियो ।

एक वर्षको अवधिमा कर्जाको ब्याजदर ०.३३ प्रतिशतले सस्तो भएको हो । गत वर्ष आर्थिक वर्षको साउनमा १०.१२ प्रतिशत रहेको बेस रेट यो साउनमा ०.६७ प्रतिशतले घटेर ९.४५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिलको पनि औसत ब्याजद दर घटेर ०.२१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्ष साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत थियो ।

त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी अर्था अन्तरबैंक कारोबारको औसत ब्याजदर घटेर १.१९ प्रतिशत कायम भएको छ । जबकी गत वर्षको साउनमा यस्तो ब्याजदर १.८८ प्रतिशत थियो ।

राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिले कर्जाको ब्याजदर घटेको देखाएको हो ।

राष्ट्र बैंकका अनुसार औषतमा निक्षेपको ब्याजदर भने केही बढेको छ । २०७५ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४० प्रतिशत रहेकोमा ०७६ साउनमा ०.३७ प्रतिशतले बढेर ६.७७ प्रतिशत पुगेको छ ।

8460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका