जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजकुमारी बेट्रिसले इटालियन व्यवसायीसँग विहे तय  

राजकुमारी बेट्रिसले इटालियन व्यवसायीसँग विहे तय  

बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।

बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उहाँको विहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

दरबारले बिहीबार जारी गरेको वक्तव्यका अनुसार राजदरबारका नयाँ ज्वाँई मोज्जी इटलीका व्यवसायी हुनुहुन्छ । उहाँको परिवार इटलीमा उच्च बर्गको परिवार मानिन्छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उहाँहरुको विहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । उहाँहरुको विहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रुकी छोरी बेट्रिस अहिले ३१ बर्ष हुनुभएको छ । छोरीको विहे हुने निश्चित भएकोमा आपूु प्रशन्न भएको एन्ड्रुले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

बिहे गर्न लाग्नुभएकी राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारी मध्ये नवौँ क्रममा पर्नुहुन्छ ।   (रासस÷एएफपी)

6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?