जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पूर्व यूवराज्ञी हिमानी शाह ले छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक

पूर्व यूवराज्ञी हिमानी शाह ले छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक

विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’

भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् । यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् । त्यहाँ उनी छोराछोरीसँग रमाइरहेको यो टिकटक भिडियोबाट पनि थाहा हुन्छ । हिमानीका पति पूर्व युवराज पारस भने नेपालमा विभिन्न युवतीसँग बरालिएर हिँडिरहेका छन् ।

नेपालका टिकटक प्रयोगकर्ताहरुबीच पूर्वराजपरिवारको निकै ठूलो क्रेज छ । पूर्वयूवराज पारस साहका थुप्रै भिडियो टिकटकमा भेटिन्छन्, जुन अरु व्यक्तिहरुले हालिदिएका हुन्छन् । पारसका भिडियोले लाखौं लाइक्स पाएका छन् । उनको भिडियोमा आउने कमेन्टहरुमा भने गाली र ताली दुवै मिश्रति हुन्छन् ।

टिकटकमा सबैभन्दा बढि क्रेज चाहिँ पूर्व नवयूवराज हृदयन्द्रको छ । खासगरी टिनएजर केटीहरुले उनीप्रति आशक्त छन् । उनीहरुले हृदयन्द्रलाई ‘नेसनल क्रस’ को संज्ञा दिने गरेका छन् । हृदयन्द्रको आफ्नै टिकटक एकाउन्ट भने छैन । उनी निकटका व्यक्तिहरुले उनको भिडियो बनाएर टिकटकमा अपलोड गर्छन् ।

पूणिर्काले चाहिँ केही दिनअघि आफ्नै टिकटक अकाउन्ट बनाएकी हुन् । उनको अकाउन्टबाट ६ वटा भिडियो पोष्ट भएका छन् । उनका फलोअर्स १२ हजार ८ सय पुगेका छन् भने कुल २१ हजार ४ सय लाइक्स प्राप्त गरेकी छन् ।

16165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका