जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सञ्चारकर्मी शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ। ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ।

विगत वर्षहरुमा तीज आउनुअघि नै हजारौं तीज गीत सार्वजनिक हुने गरे पनि यो वर्ष कोरोना महामारीका कारण कमी आएका बेला थापाको तीज गीत सार्वजनिक भएको छ । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् । गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । म्युजिक भिडियो थापाको आफ्नै शारदा क्रियशन्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

16520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका