जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धन वहादुर नेपालीले संयुक्त रुपमा निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३(दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासि रुपैयाँ मात्र) र काजकिरिया खर्च रु ५,००० (पाँच हजार मात्र ) समेत गरी रु.२७८,९८३ (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासि रुपैयाँ मात्र ) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

7535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका