जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डिसहोमको ठगीधन्दा छताछुल्लः सुदिप आचार्य डिसहोमको सीइओ की कामना सेवा विकास बैंकको अध्यक्ष ःगर्भनर साब ?

डिसहोमको ठगीधन्दा छताछुल्लः सुदिप आचार्य डिसहोमको सीइओ की कामना सेवा विकास बैंकको अध्यक्ष ःगर्भनर साब ?

नेपालको बहुचर्चित केबल टेलिभिजन डिसहोमले लकडाउनको बेला देखि हालसम्म पनि ग्राहकलाई ठगी गरिरहेको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । नेपालमा अहिले कोरोना भाइरसका कारण ७३ जनाले ज्यान गुमाएका छन् भने २२ हजार भन्दा बढि यो अदृश्य शक्तिबाट आएको कोरोना भाइरससंग अस्पतालको सैयाबाट लडिरहेका छन् । तर, जनतालाई कम मुल्यमा सेवा दिने नाममा स्थापना भएको डिसहोमले यस्तो बिषम र विपत अवस्थाको मौका छोपी ग्राहक ठगी गरेको खुलेको छ ।

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम डिसहोमका निर्देशक (सिइओ) सुदिप आचार्यले गरेको भेटिएको छ । डिसहोममा मासिक २५० रुपैयामा टिमी हेर्न सकिने भनी विभिन्न मिडिया र सामाजिक सञ्जालमा विज्ञापन गर्दै डिसहोमले कोरोना महामारीबीच आफ्ना ग्राहकहरुसंग अनलाईनबाट चर्को रकम असुली गरेको खुलेको छ ।

कोरोना भाइरससंग लडिरहेको सरकारको कोरोना रोगथाम उच्च स्तरीय कोषमा १ आजसम्म रुपैया पनि सहयोग नगरेको डिसहोमले विगत लकडाउनको मौका छोपी बढि शुल्क लिने गरेको भुक्तभोगीहरुले आर्थिक बजार न्यूजडटकममा फोन गरि बताए । आइएमआई गु्रपको लगानी रहेको र कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्य डिसहोमको निर्देशक (सीइओ) छन् । उनीलाई डिसहोम हेर्ने फुर्सद नै छैन । उनीका बैंक, अनलाईन पत्रिका, कम्प्यूटर र सफ्टवेयर जस्ता आधा दर्जन आफ्नै कम्पनी छन् । जागिर खान मात्रै उनी डिसहोम पुगेको आईएमआई गु्रपकै एक सदस्यले पंक्तिकारसंग बताए ।

डिसहोम प्राविधिक माध्यामबाट सीधै ग्राहकको घरमा टिभी च्यान स्याटेलाइटबाट पु¥याउने जिकिर गरिए पनि सेवामा सधै समस्या आएको म आफै पंक्तिकारले भोगेको छु । मेरो टिभीमा डिसहोम छ । घरका सबैभन्दा माथीको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको डिसहोम टिमीको सिग्नलका कारण खेलकुद, समाचार र चलचित्र लगायत हेर्दा हेदै अड्कने हावाहुरी आए घण्टौ टिमी नआउने अफिसमा फोन गरे फोन रिसीब नहुने जस्ता कारण डिसहोमको सेवा गुणस्तरहीन देखिन्छ ।

हावाहुरी र पानी पर्दा समेत डिसहोमको सेवा बन्द हुने गरेको छ । तर, विगत झै लकडाउनकै मौका छोपी डब्बल शुल्क लिन डिसहोमले छोडेको छैन । कहाँ छ सरकार ? कहाँ छ सूचना तथा प्रविधि मन्त्रालय ? यसको उत्तर अब अर्थमन्त्री एवं सूचना प्रविधि मन्त्री डा. यूवराज खतिवडाले आम ग्राहकलाई दिनु पर्दछ की पर्दैन ।

जब बर्खा लाग्दछ तब डिसहोमको टिमी आउँदैन विश्वास नलागे डिसहोमका निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यज्यू मेरो घर आएर एक पटक टिमी हेर्नुहोस् । यो गफ होइन सत्य कुरा हो । सेवा राम्रो दिनु होस् । पैसा लिनुहोस् । जनता ठग्न र राजश्व ठग्ने तपाईलाई नेपालको कानुनले कुनै अधिकार दिएको छैन ।

गतवर्ष डिसहोमले राजश्व छलि गरेको फेला पारेपछि राजश्व विभागले नै छापा मारी कारवाही गरेको थियो । फेरि पनि राजश्व लुकाउने गरेको उजुरी ठूला करदाता कार्यालयमा परेको समेत एक उच्च कर्मचारीले बताए । भनिन्छ कम्पनीका आधिकारिक व्यक्ति प्रवन्ध निर्देशक (सीइओ) सुदिप आचार्य नै डिसहोमको काममा भन्दा आफ्नै व्यापार व्यवसायमा बढि व्यस्त भएका कारण डिसहोमको सेवा लगायत अधिकाशं हिसाब किताबको राजश्व गडबड भएको आईएमआई ग्रुपको उच्च स्रोतको दाबी छ ।

भनिन्छ गाउँगाउँमा सिधै टिभी आउने भनि जडान गरिएका हजारौ हजार ग्राहक अहिले टिभी होइन डिसहोमको छाता हेर्दै दिन विताउन थालेका छन् । जब बर्खा लाग्दछ तब डिसहोमको टिमी आउँदैन विश्वास नलागे डिसहोमका निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यज्यू मेरो घर आएर एक पटक टिमी हेर्नुहोस् । यो गफ होइन सत्य कुरा हो । सेवा राम्रो दिनु होस् । पैसा लिनुहोस् । जनता ठग्न र राजश्व ठग्ने तपाईलाई नेपालको कानुनले कुनै अधिकार दिएको छैन । हेक्का होस् ।

स्याटलाईट इन्टरनेट मंहगो हुने हुँदा डिसहोमले अन्य इन्टरनेट प्रदायक कम्पनीसंग साझेदारी गरी तारबाट इन्टरनेट सेवा दिएको खुल्नमा आएको छ । डिसहोमका टिभीको ग्राहकलाई कुनै मतलब नगरी नयाँ इन्टरनेटका ग्राहकहरुलाई हरेक ३÷३ दिनमा अनावश्यक फोन गरी सेवाको बारेमा जानकारी लिने÷दिने गरी ग्राहकहरुलाई अनावयश्वक तनाब दिएको डिसहोमद्वारा सुरु गरेको इन्टरनेटका एक ग्राहकले पंंक्तिकारलाई बताए ।

केही मिडियाहरुमा चर्को शुल्क तिरेर विज्ञापन दिएर आफ्ना कमी कमजोरी लुकाउदै आएको डिसहोम माथी फेरि कारवाही गर्नु पर्ने माग चौतर्फी उठेको छ । नेपाल उद्योग वाणिज्य महासघका बरिष्ठ उपाध्यक्षका उम्मेदवार उठेका आईएमआई गु्रपका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई समेत डिसहोमका यस्ता कमी कमजोरी र ठगीले नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ ।

त्यसकारण समयमै ढकालज्यूले नै आफ्ना भाई हेमराम ढकाल अध्यक्ष रहेको संस्था डिसहोमको सेवा सुर्धान लाग्नु पर्ला नत्र यसको मुल्य चुकाउन गाह्रो पर्ला नि कि कसो ।

डिसहोमले सोझा साझा जनतालाई ठग्नकै लागि टिभी मात्र नभई इन्टरनेट सेवा पनि सुरु गरेको छ । स्याटलाईट इन्टरनेट मंहगो हुने हुँदा डिसहोमले अन्य इन्टरनेट प्रदायक कम्पनीसंग साझेदारी गरी तारबाट इन्टरनेट सेवा दिएको खुल्नमा आएको छ । डिसहोमका टिभीको ग्राहकलाई कुनै मतलब नगरी नयाँ इन्टरनेटका ग्राहकहरुलाई हरेक ३÷३ दिनमा अनावश्यक फोन गरी सेवाको बारेमा जानकारी लिने÷दिने गरी ग्राहकहरुलाई अनावयश्वक तनाब दिएको डिसहोमद्वारा सुरु गरेको इन्टरनेटका एक ग्राहकले पंंक्तिकारलाई बताए ।

स्मरणीय होस् सुदिप आचार्य डिसहोमका निर्देशक (सीइओ) छन् । उनी कामना सेवा विकास बैंकको अध्यक्ष बन्न कानुनीरुपमा मिल्दैन । तर, उनी एमालेका कार्यकर्ता भएकोले उनीलाई कानुन लाग्दैन, अर्थमन्त्री डा.खतिवडा ज्यू ? सचेत भया ।

18275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका