जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • दशैंमा बैंकका कर्मचारी मालामाल

आर्थिक विशेष

दशैंमा बैंकका कर्मचारी मालामाल

दशैंमा बैंकका कर्मचारी मालामाल

नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब प्राप्त गर्छन् । दशैं खर्चको रुपमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई एक महिना बराबरको तलब दिने प्रावधान नै छ ।

यो बेला सबैभन्दा दंग भने बैंकमा काम गर्ने कर्मचारी नै छन् । एक दशैंको बोनस आएको छ । अर्को बैंकहरुले यही समयमा नाफाबाट गरेको बोनस समेत कर्मचारीलाई खुवाएका छन् । बोनस ऐन अनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ ।

बैंक तथा वित्तीय संस्था जागिरको दृष्टिकोणले निकै नै आकर्षक सुविधा पाउने क्षेत्र पर्छ ।

बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट ८ अर्ब ८७ करोड ७० लाख रुपैयाँ कर्मचारीहरुलाई बोनस बाढ्नको लागि छुट्याएका थिए । गत वर्षको भन्दा बैंकहरुले कर्मचारीलाई यो वर्ष ८७ करोड ५० हजार रुपैयाँ बढी बोनस छुट्याएका हुन् ।

हाल नेपालमा लघुवित्त वित्तीय संस्थादेखि बाहेक ९० वटा बैंक वित्त कम्पनीहरुमा ५० हजारभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । जसमध्ये २८ वटा वाणिज्य बैंकमा करिब ४० हजार, २९ वटा विकास बैंकमा करिब ९ हजार र ३३ वटा फाइनान्स कम्पनीहरुमा साढे १७ सय जना कर्मचारी कार्यरत छन् ।

बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफाबाट औसतमा एक कर्मचारीलाई १ लाख ७५ हजार रुपैयाँ बोनस बाड्ने देखिन्थ्यो । तर बैंक वित्त कम्पनीहरुले आफ्नो स्टेन्थ र कार्यरत कर्मचारीहरुको पद र ग्रेड अनुसार बोनस बाडेका छन् ।

वार्षिक साधारणसभा नगरेका बैंकहरुले पनि दशैं अगाडि नै कर्मचारीलाई नाफाको बोनस बाडिसकेका छन् ।

दशैंभन्दा अगाडि नै एनआईसी एशिया,कुमारी तथा सिटिजन्स बैंकले साधारणसभा गरिसकेका छन् । ति बैंकका सेयरधनीले दशैं खर्च रुपमा लाभांश बुझिसकेका छन् । कर्मचारीले पनि नाफाको बोनस बुझेका छन् ।

औसतमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ४ महिनाको तलब बराबर बोनस दिन सक्छन् । ६ महिनाभन्दा बढीको बोनस दिने क्षमता भएपनि बोनस ऐनले ६ महिनाको मात्र दिनु भनेको हुँदा त्यो भन्दा बढी रकम बोनस वापत आउदैन । तर,अन्य किसिमका सुविधाहरु भने बैंकका कर्मचारीले प्राप्त गर्छन् ।

करारका भने मारमा

अहिले केही बैंकहरुले करारमा मात्र बढी कर्मचारी राख्ने गरेका छन् । जसले गर्दा करारका कर्मचारीलाई बैंकले दिने सबै सुविधा दिनु पर्दैन । कर्मचारीलाई ६ महिनामा स्थायी गर्नुपर्ने व्यवस्था भएपनि बैंकहरुले करारमा अहिले बढी कर्मचारी राख्ने गरेका छन् ।

एउटै काममा स्थायी कर्मचारीको तलब सुविधा फरक हुन्छ भने करारको कम हुने गर्छ । जसले गर्दा एउटै डेक्समा काम गर्ने कर्मचारीको तलब सुविधा फरक हुने गरेको छ । जसको कारण नाफामा बैंकहरुले दिने बोनस करारका कर्मचारीले पाउने गर्दैनन्

9055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका