जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • आइएमई पे ले ल्यायो,‘स्मार्ट हेल्थ–सुरक्षित भव ’नामक डिजिटल बीमा सुविधा,३६५ रुपैयाँमै पाउन सकिन्छ यस्ता लाभ

आइएमई पे ले ल्यायो,‘स्मार्ट हेल्थ–सुरक्षित भव ’नामक डिजिटल बीमा सुविधा,३६५ रुपैयाँमै पाउन सकिन्छ यस्ता लाभ

आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ ।
आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो सेवा ३ सय ६५ रुपैयाँमै प्राप्त गर्न सकिने र यसमार्फत उपचारको क्रममा लाग्ने २ लाख ३० हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका