जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • साढे चार करोड कित्ता आईपिओ आउँदै

साढे चार करोड कित्ता आईपिओ आउँदै

१४ वटा कम्पनीले साढे चार करोड कित्ता साधारण सेयर निष्काशन गर्ने भएका छन् । एउटा कम्पनीले सेयर निष्काशनको अनुमति पाइसकेको छ भने १३ वटा कम्पनी पाइपलाइनमा रहेका छन् ।

शिवश्री हाइड्रोपावरले सर्वसाधारणका लागि ३३ लाख ५१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ । यसबाहेक, नौ वटा जलविद्युत् कम्पनी सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् ।

तेह्रथुम पावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको छ भने सीइृडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ । सुभम पावरले स्थानीयलाई एक लाख ८० हजार पाँच सय ८० कित्ता सहित पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर निष्काशन गर्न लागेको छ ।

लिवर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार कित्ता, युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले १० लाख ५० हजार कित्ता, सिंगडी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता, मैलुंग खोला जलविद्युत् कम्पनीले सात लाख ३६ हजार दुई सय ८६ कित्ता, ग्रीन लाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार चार सय कित्ता र माउन्टेन इनर्जीले ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्काशन गर्न लागेका छन् ।

त्यस्तै, इमर्जिङ नेपालले पाँच लाख कित्ता, पुनर्विमा कम्पनीले एक कराृड ६० लाख कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता र सीबीआईएल क्यापिटलले तीन लाख कित्ता आईपिओ निष्काशन गर्ने अनुमति मागेका छन्

9230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका