जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकबाट बंगलादेशी बैंकले लगानी फिर्ता लैजाने

नेपाल बंगलादेश बैंकबाट बंगलादेशी बैंकले लगानी फिर्ता लैजाने

नेपाल बंगलादेश बैंकबाट मुख्य लगानीकर्ता बाहिरिने भएका छन् । बैंकमा ४०.०९ प्रतिशत सेयर रहेको बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वको सम्पूर्ण सेयर विक्रीका लागि आवेदन दिएको बैंकले जनाएको छ ।

सोमबारको बैंक संचालक समिति बैंठकमा आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत अर्थात ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको थियो ।

आईएफआईसीले आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि आवेदन दिएको छ ।

‘नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रवन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको बैंकले राष्ट्र बैंक लगायतका नियमकलाई लेखेको पत्रमा उल्लेख छ ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ ।

9245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका