जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेप्सको सञ्चालक समितिको अध्यक्षमा रविनकुमार नेपाल चयन

नेप्सको सञ्चालक समितिको अध्यक्षमा रविनकुमार नेपाल चयन

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को सञ्चालक सिमिति अध्यक्षमा निर्वाचित भएका रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनासँग सपथ लिएका हुन्। नेप्सको सञ्चालक चयन भएका नेपाल सर्वसम्मतिले अध्यक्ष भएका हुन्। नेप्समा ६ जना सञ्चालक हुन्छन्।

बैंक तथा वित्तीय संस्थाहरुले नेप्सको स्थापना तथा सञ्चालन गरेका हुन्। कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ।

नेप्स पीसीआइडीएसएस र पीसीआइपीआइएन प्रमाणित कम्पनी हो। इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा रहेको कम्पनीले झण्डै २ हजार एटीएम तथा देशभर २० हजार पीओएसमार्फत ३५ लाख ग्राहकलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

6725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका