जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • महालक्ष्मी विकास बैँकले १७.८९ प्रतिशत लाभांशको घोषणा

महालक्ष्मी विकास बैँकले १७.८९ प्रतिशत लाभांशको घोषणा

यस महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।

7940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका