जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंक र विन्ड पावर नेपालबिच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंक र विन्ड पावर नेपालबिच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।

हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।

उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ ।

यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पु¥याउँदै आएको छ ।

3460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका