जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र विभागबीच सम्झौता, घरजग्गा रोक्का/फुकुवा अब अनलाइनबाटै

सांग्रिला डेभलपमेन्ट बैंक र विभागबीच सम्झौता, घरजग्गा रोक्का/फुकुवा अब अनलाइनबाटै

सांग्रिला डेभलपमेन्ट बैंकलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले धितो बन्धक रोक्का/रोक्का फुकुवा सेवा अनलाइन प्रणालीमार्फत दिने भएको छ। अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा बैंक र विभागबीच सोमबार समझदारी भएको छ।

समझदारीपत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरे।

विभागका महानिर्देशक सापकोटाले अनलाइनमार्फत घरजग्गा रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अनलाइन प्रणालीमार्फत रोक्का/रोक्का फुकुवा गर्दा सेवा सहज हुनुका साथै किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको समस्या समाधानमा सहयोग पुग्ने बताए।

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?