जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले लगानीको वातावरण संकुचन’

‘नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले लगानीको वातावरण संकुचन’

धेरै प्रकारका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दवावमा पर्दा नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन । यसैगरि, सामान्य त्रुटिमा समेत उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यवासायिक क्षेत्र हतोत्साहित हुन सक्ने अवस्था आएको पनि अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हुन । चीनका राष्ट्रपतिको भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार÷बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साही भएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाचो रहेको पनि मोरले उल्लेख गरे । अध्यक्ष मोरले प्रधानमन्त्रीसँग भने, “खासगरि कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि बनाउने भनिएका संयन्त्रको स्थापनामा हुदाँ आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सिको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ ।”

सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाएका थिए  । चीनका राष्ट्रपति सि चीनफिगको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनु पर्ने बताए ।

यसै गरी तिब्र आर्थिक विकासका लागि प्रधानमन्त्रीले लिएको पहलको प्रसंसा गर्दैै परिसंघले त्यो लक्ष्य हाँसिल गर्न निजी क्षेत्रले पूर्ण सहयोग गरिरहेको अवस्थामा देखिएका समस्या समाधानमा पनि प्रधानमन्त्रीको अग्रसरता अपेक्षा गरिएको बताएको हो ।

कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्र बैँक लगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्रीकै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले आग्रह गरे  ।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागिय फेरवदल हुदाँ त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताए । संस्थागत निरन्तरता नहुने, कानून तथा नियमको व्याख्यामा फरक–फरक धारणाले निर्णय प्रक्र्रिया ढिलो हुने र जिम्मेवारी नलिने प्रवृती हावी हुदै गएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । यसैगरि वित्तिय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पूँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनु पर्ने अवस्था आएको तर्फ पनि परिसंघ प्रमण्डलले ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट अध्यक्ष मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराई सहभागि रहेका थिए ।

6360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?