जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनएमबिद्वारा ८ मिलियन डलरको हेजिङ्ग कारोबार सम्पन्न, बन्यो हेजिङ्ग गर्ने पहिलो बैंक

एनएमबिद्वारा ८ मिलियन डलरको हेजिङ्ग कारोबार सम्पन्न, बन्यो हेजिङ्ग गर्ने पहिलो बैंक

एनएमबि बैंकले नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न गरेको छ । बैंकले द करेन्सी एक्सचेन्ज फण्ड (टिसीएक्स) र एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको  सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोबार गरेको हो ।

यस सँगै एनएमबि नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने वाणिज्य बैंक बनेको छ । नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टिसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको बैंकले जनाएको छ।

यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

टिसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ  स्थापना भएको संस्था हो । एमएफएक्स भने सन् २००९ मा  धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उदेश्य लिइ  स्थापना भएको संस्था हो ।

विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दात्री निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?