जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेस द्घारा कुवेतमा Samsung टि.भी. उपहार

सिटी एक्सप्रेस द्घारा कुवेतमा Samsung  टि.भी. उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०,२०१९ मा ब्वाईज स्काउट एसोसीएसन हल हवाली ,कुवेतमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो। जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित हुनु भएको दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो , जस्को बिजेता जय बहादुर थापा हुनु भएको थियो ।थापाले उपहार स्वरुप सामसुङ को ३२’’ को टि.भी. प्राप्त गर्नु भएको छ । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।
नेपालका लागि Samsung  उत्पादन हरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. ले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भीं किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. संग साझेदारी गरेको छ ।

सम्झैता अनुसार कतार ,साउदी,कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन।

यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले कुवेत स्थित अल अन्सरी एक्सचेन्ज ,अल मुजैनी एक्सचेन्ज र BEC सँग बिप्रेषण सहकार्य गर्दै आइरहेको छ ।

11160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका