जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिभिल बैंकले ऋणपत्र निष्काशन गर्न ४ कम्पनीसँग गर्यो प्रत्याभूति सम्झौता

सिभिल बैंकले ऋणपत्र निष्काशन गर्न ४ कम्पनीसँग गर्यो प्रत्याभूति सम्झौता

सिभिल बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको लागि प्रत्याभूति सम्झौता गरेको छ । बैंकले नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका हुन् ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको तीस लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले “९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८” निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि।ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

6125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका