जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले दिए राजीनामा

एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले दिए राजीनामा

एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले राजीनामा गरेका छन् ।

पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्विकृत हुने बैंक स्रोतले बतायो ।

पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि ब्यवस्थापन र संचालक समितिबिच बिबाद बढेको छ ।

नेपाल राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारबाहि गर्ने तयारी गरेको छ ।

तर, विभिन्न उपल्ला शक्तिकन्द्रहरुबाट एनआईसी एशिया बैंकलाई कारबाहि नगर्न केन्द्रीय बैंकमाथि चर्को दबाब आइरहेको राष्ट्र बैंक स्रोतले जनायो ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका