जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकको डिजिएममा आरती राणा नियुक्त

सनराइज बैंकको डिजिएममा आरती राणा नियुक्त

ग्लोबल आइएमइ बैंकबाट आरती राणा सनराइज बैंक सरेकी छिन्। ग्लोबल आइएमइमा उनी सहायक महाप्रबन्धक (एजिएम) थिइन्। एक पद वढुवा भएर उनी  सनराइजमा गएकी हुन्।

सनराइजमा उनलाई नायव महाप्रबन्धक (डिजिएम) पद दिइएको छ। उनलाई ग्लोबल आइएमइ बैंकले बुधबार बिदाइसमेत गरेको छ।

राणाले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन्। ग्लोबलका पूर्व सिइओ जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो। राणा ‘कर्पोरेट मार्केटिङ’ मा अब्बल मानिन्छिन्। सनराइजले उच्च तहमा विभिन्न बैंकका कर्मचारीलाई पनि लैजान खोजिरहेको छ।

एभरेष्ट बैंकबाट म्यानेजमेन्ट ट्रेनीका रुपमा बैंकिङ करियर सुरु गरेकी उनले त्यहाँ ५ बर्ष बिताएकी थिइन्। त्यसपछि उनी ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा छिरेकी थिइन्। उनले एसआइबिएम पुनेबाट एमबिए गरेकी छिन्। उनी तिहारपछि ‘जोइन’ गर्नेछिन्

11035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका