जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै आइपीओ भर्न पाइने

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै आइपीओ भर्न पाइने

ग्लोबल आइएमइ बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘ग्लोबल स्मार्ट प्लस’बाटै आइपीओमा आवेदन दिन मिल्ने सुविधा ल्याएको छ। बैंकले ग्राहकको लागि मोबाइल बैंकिङ एपबाटै आइपीओ भर्न मिल्ने व्यवस्था ल्याएको हो।

साथै, बैंकले मोबाइल बैंकिङ एपमा लाइभ सेयर मार्केट हेर्ने सुविधा पनि दिएको छ।

मोबाइल बैंकिङ एपबाट रकमान्तर क्यूआर भुक्तानी, दैनिक उपभोग्य सेवाहरुको शुल्क भुक्तानी लगायतका सुविधाहरु प्रदान गर्दै आइरहेकोमा बैंकले थप सेवा विस्तार गर्ने क्रममा मोबाइल बैंकिङ एपबाटै आइपीओ भर्न मिल्ने व्यवस्था दिएको छ।

आइपीओ भर्न ग्लोबल आइएमइ बैंकको मोबाइल बैंकिङ एपमा आइपीओ म्यानेजमेन्टमा गई डिम्याट नम्बर राखेर सहजै आइपीओ भर्न सक्नेछन्। साथै, आइपीओ म्यानेजमेन्टमा गएर डिम्याट नम्बर राखेपछि सिआरएन नम्बर तुरन्तै प्राप्त गर्ने सकिने बैंकले जनाएको छ। साथै, मोबाइल बैंकिङ एपमा नयाँ खुल्ने आइपीओको समेत जानकारी लिन सकिनेछ।

त्यस्तै, बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट सेयर बजारको कारोबारहरुको जानकारी पनि पाउनेछन्। बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले सेयर बजारमा कारोबार हुने कम्पनीको अन्य जानकारी समेत पाउनेछन्।

लाइभ मार्केटको जानकारी, नेप्से कारोबारको सारास, टप गेनर, टप टनओभर, पोर्टफोलियो, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टको जानकारी समेत पाउनेछन्।

लाइभ मार्केट सुविधाअन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले दोस्रो बजारको जानकारी लिन पाउनुका साथै ग्राहकहरुले आफ्नो व्यक्तिगत सेयर लगानी ‘ट्रयाक’ गर्न सक्नेछन्।

साथै, ग्राहकहरुले खरिद मुल्य र कित्ता संख्या प्रविष्ट गर्न सक्छन् । यस आधारमा प्रणालीको हालको बजार मूल्य अनुसार कूल लगानीको वर्तमान मूल्य तथा नाफा वा घाटाको रियल टाइम गणनाको जानकारी गर्दछ।

वाचलिस्ट सुविधाले लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि मुल्य परिवर्तन र मार्केट ट्रेन्ड निगरानी गर्नका लागि आफ्ना मनपर्ने सेयरहरुको व्यक्तिगत सूची (वाचलिस्ट) बनाउने सुविधा पाउनेछन्।

स्कट कम्प्यारिजनको सुविधाले लगानीकर्ताहरुलाई सेयरको विश्लेषणका लागि मूल्य ट्रेन्ड र अन्य सूचकहरुका आधारमा लगानी सुविधा मिल्ने बैंकले जनाएको छ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका