जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पाइपबाट चितवनसम्म ग्यास र इन्धन

आर्थिक विशेष

पाइपबाट चितवनसम्म ग्यास र इन्धन

पाइपबाट चितवनसम्म ग्यास र इन्धन

नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ ।
अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन निर्माण थाल्ने भएको हो । केहि दिन अघि आपूर्ति मन्त्री मातृका यादवले दुवै परियोजनाको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।

चितवनको लोथरसम्म इन्धन र ग्यासको पाइपलाइन विस्तार गर्ने योजनामा रहेको निगमले लोथरमै भण्डारण गर्ने पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले सर्वेक्षणको समयावधि सकिएको बताए । उनले पाइपलाइन विस्तारका क्रममा लाग्ने खर्च र भण्डारणको लागत खर्च यकिन गर्न भारतीय आयल कर्पोरेसन्स र निगम बसेर लगानी प्रक्रियाबारे टुंगो लाग्ने बताए ।

निगम र आईओसीको संयुक्त अध्ययन टोलीले ४ प्रकारका सर्वेक्षण गरी चितवनको लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने छ । यस परियोजनाअन्तर्गत अमलेखगञ्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइनको लम्बाइ ६२ किलोमिटर हुनेछ ।
यादवले भने ‘पाइपलाइनमा लगानी आईओसीको पनि हुन्छ ।’ नेपाल भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने छ । पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने निगमले जनाएको छ ।
पाइपलाइनसँगै लोथरमा इन्धन भण्डारण गर्न डिपो पनि निर्माण गरिने छ । लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ । एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने र यस परियोजनाको लागत विस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै यकिन हुने निगमले विज्ञप्ती जारी गरेर जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले पाइपलाइन विस्तारको कामलाई क्रमशः अघि बढाउने र अमलेखगञ्जबाट द्रुतमार्ग हुँदै काठमाडौंसम्म पु¥याउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । उनले चितवनसम्मको पाइपलाइन मोतिहारी–अमेलखगञ्ज पाइपलाइन परियोजना जस्तै समय अवधिमै काम सम्पन्न हुने बताए ।

निर्देशक पौडेलले दुई योजनाको आन्तरिक काम सकिएलगत्तै औपचारिक सुरुवात भएको बताए । अब नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनले संयुक्तरुपमा स्थलगत निरीक्षण, पाइपलाइन विस्तार गर्ने सडक, माटो परीक्षणलगायतको कार्य गरिने उनले बताए ।
इन्जिनियरिङ अध्ययन संस्थानको प्रारभिक अनुमानले भने पाइपलाइन निर्माणमा ५ अर्ब ६७ करोड लाग्ने उल्लेख छ । भण्डारण निर्माणमा ४ अर्ब १९ करोड गरी कुल ९ अर्ब ८६ करोड खर्च हुने जनाएको छ । एलपी ग्यासको हकमा पाइपलाइन निर्माणमा ११ अर्ब १९ करोड भण्डारण निर्माणमा ३ अर्ब ८१ करोड गरेर कुल १५ अर्ब लाग्ने जनाएको छ ।

दुवै आयोजनाको डीपीआर सम्पन्न भएको र प्रतिवेदन आएपछि योजनाको यकिन विवरण प्राप्त हुने निगमले जनाएको छ । निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइन विस्तारका लागि ५ अर्ब ६७ करोड खर्च हुनेछ । लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि ४ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ । करिब २० हजार मेट्रिकटन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने जनाइएको छ

निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले थप दुई आयोजनाले प्रविधिक नोक्सानी अन्त हुने र लागत खर्च पाइपलाइन सञ्चालनको ५ वर्षमा उठ्ने दाबी गरे । दुई योजना भण्डारण गर्ने निगमले यसअघि नै लोथरमा २० विगाह जग्गा खरिद गरेको छ । पाइपमार्फत् अमलेखगञ्जबाट लोथरसम्म प्रतिघण्टा दुई सय ९० किलोलिटर इन्धन र नेपाल भारत सीमाबाट प्रति घण्टा एक सय टन ग्यास पाइपबाट आपूर्ति गर्न सकिने निगमको भनाइ छ ।

देशको अन्य भागमा इन्धन र ग्यासको आपूर्ति तथा वितरण सहज हुने देखिएकाले चितवनको लोथरलाई केन्द्र बनाएर निगमले दुवै आयोजनाको काम थालनी गर्न लागेको हो । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन लगतै सरकारले इन्धनको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको थियो ।

6030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका