जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दाबी भुक्तानी लैजानका लागि बीमितलाई बोलायो अजोड इन्स्योरेन्सले, २१ दिनभित्र नआए फाइल बन्द

दाबी भुक्तानी लैजानका लागि बीमितलाई बोलायो अजोड इन्स्योरेन्सले, २१ दिनभित्र नआए फाइल बन्द

निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई दाबी फर्छ्यौटको लागि बोलाएको छ।

कम्पनीले बुधवार एक  सूचना जारी गर्दै दाबीकर्ताहरुलाई कम्पनीमा उपस्थित हुन आग्रह गरेको हो। उक्त सूचनामा कम्पनीमा प्राप्त भएका दाबीको निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्ताहरुलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरिएको छ।

बीमितले दाबी फर्छ्योटका लागि कम्पनीको नजिकको प्रादेशिक कार्यालय, शाखा कार्यलय वा कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा दाबी विभागमा सम्पर्क गर्ने सकिने जनाएको छ ।

त्यस्तै ,बीमितले आफ्नो सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमाका साथै लघुबीमाअन्तर्गतका दाबीको भुक्तानी लिनका लागि सूचना प्रकासित गरेको समेत जनाएको छ।

सूचना जारी भएको २१ दिनभित्र सम्पर्कमा नआएका बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी गराएको छ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?