जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजद

तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजद

तीन वटा बैंकले नयाँ नबिल, एभरेष्ट र कुमारी बैंकले ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतीतर्फ संस्थागत निक्षेपमा ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ ।

बचतमा भने बैंकहरुको ब्याज फरक–फरक रहेको छ ।

नबिल बैंक
नबिल बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ५.७५ प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता रहेका छन् । जसमा सबैभन्दा कम ब्याज ३.७५ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज १४.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट कर्जा लिँदा अन्य प्रकृतिको ऋण लिँदा १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।

हाल बैंकको कात्तिकसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन लिँँदा १२.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट पर्सनल लोन, टर्म लोन, ओभरड्राफ्ट लोन लिँदा १३.९४ प्रतिशत ब्याज लाग्दछ । यस्तै शैक्षिक धितोकर्जा लिँदा १२.९४ प्रतिशत ब्याज लाग्छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबैभन्दा कम ४ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले २७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

एभरेष्ट बैंकबाट ब्याज लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्नेछ ।

बैंकबाट हाउजिङ लोन लिँदा १५.७७, शैक्षिक धितोकर्जा १५.५२, हाउजिङ लोन १४.५२, भेहिकल लोन १५.२७ प्रतिशत ब्याज लाग्नेछ । यस्तै बैंकबाट सेयर धितोकर्जामा ऋण लिँदा १५.२७ प्रतिशत ब्याज लाग्नेछ । हाल बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा रहेको छ ।

बैंकबाट ब्याज लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने गरेको छ । बैंकबाट होम लोन, शैक्षिक धितोकर्जा, अटोलोन, सेयर धितोकर्जा लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने छ । हाल बैंकको आधार दर १०.६२ प्रतिशत रहेको छ ।

8855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका