जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले दियो तिलगंगा आँखा अस्पताललाई २ लाख

सांग्रिला डेभलपमेन्ट बैंकले दियो तिलगंगा आँखा अस्पताललाई २ लाख

सांग्रिला डेभलपमेन्ट बैंकले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौं महानगर वडा नं ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रम सुरुवात गरेको थियो ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारी तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा आँखा अस्पताललाई २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल, बैंकका सञ्चालक तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलगायतको उपस्थिति थियो ।

बैंकले वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगन्ज क्लस्टर कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा १३२ जनाले रक्तदान गरेका छन् ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?