
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सानातिना घटनाकाे सामाना गर्न बैंकहरु तयार भएको बताएका छन् । संघको ३३ औ साधारणसभालाई सम्बोधन गर्दै ज्ञानेन्द्र ढुंगानाले डिजिटल बैकिङमा जाँदा विभिन्न घटनाहरू हुने भए पनि बैंकहरु असुरक्षित भने नरहेको बताए ।
उनले ‘केहि घटना हुदैमा वित्तिय क्षेत्र सुरक्षित छैनन भन्ने हाेइन, नागरिकलाई यसमा सचेत गरौँ आवश्यक छ ‘ । त्यस्तै उनले मिडियाले पनि सानाे घटनाले आम नागरिककाे विश्वास हराउन गरि समाचार सम्प्रेषण नगर्न आग्रह गरे । उनले सानातिना घटनाकाे सामाना गर्न बैकहरू स्वयम् तयार भईसकेको बताए ।
उनले पछिल्लो ३ बर्षमा निक्षेपको वृद्धिको तुलनामा कर्जाकाे माग उच्च हुँदा बैकिङ क्षेत्रमा केही समस्या आए पनि अहिले भने त्यस्तो समस्या नरहेको बताए । राष्ट्र बैकले विदेशबाट ऋण ल्याउने बाटाे खुल्ला गरेपछि केहि बैंकले विदेशबाट कर्जा ल्याएको र केहिले ल्याउने प्रयास गरिरहेको उनले बताए । उनले आवश्यक परेमा बैंकहरु विदेशबाट लगानी ल्याउन तयार रहेको समेत बताए ।
उनले बैंकले विकट क्षेत्रमा खोलेको अधिकांश शाखाहरु घाटामा जाँदा पनि सामाजिक दायित्वको रुपमा शाखाहरु संचालन गरिरहेको बताए । अधिकांश स्थानमा शाखा पुगिसके बताउदै उनले बैंकहरुले वित्तीय पहुँच बढाउँन महत्वपुण भुमिका खेलेको बताए ।
बैंकको आम्दानी घटेको प्रसङ्ग जोड्दै उनले भने ‘ बैकिङ क्षेत्रमा निक्षेपकाे तुलनामा कर्जाकाे चाप बढ्दा एनपिएल बढ्न गयाे भने स्प्रेड रेटकाे कारणा बैकहरूकाे आम्मादानीमा केही कमि हुन पुग्याे ।’
संघले यस वर्षकाे लाईफटाईम एचिभमेन्ट अवार्ड नेपाल इन्भेष्टमेन्ट बैकका अध्यक्ष पृथ्विबहादुर पाण्डेलाई प्रदान गरेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































