आर्थिक विशेष
सनराईज बैंकका दुई कर्मचारी पक्राउ लाखौं चोर्ने योजना असफल
सीइओ पौडेलका बैंकिङ नम्सले हावा खायो

माडवाडी समूदायको बैंकमा जनक शर्मा पौडेल सीइओ भएपछि एक पछि अर्को घटना शुरु भएको छ । आफ्नै साथी निरज श्रेष्ठलाई विवादमा पारेर रातारात सनराईज बैंकको सीइओ बनेका जनक शर्मा पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाका छोरालाई तिलक खतिवडा र ग्लोबल आईएमई बैंकमा संगै काम गरेकी आरती राणालाई सनराईन बैंक भित्र्याएसंगै बैंकभित्र एक पछि अर्को घटना घट्न शुरु भएको खुलेको छ ।
केही एमाले पत्रकारहरुको बुँई चढेर आफ्नै साथीलाई जागिर खानबाट रोकी रातारात सीइओ बनेका जनक शर्मा पौडेलको बैकिङ्ग नम्सले हावा खाएको छ । अहिले बैंकमा पूराना कर्मचारीहरुले धमाधम जागिर छोडेर गएका छन् । डिपुटी सीइओ आशा राणा अधिकारी यहि माघमा अवकास हुँदैछिन् । उनीकै ठाँउमा सीइओ पौडेलले ग्लोबल आईएमई बैंकबाट ल्याएकी डिजीएम आरती राणालाई डिपुटी सीइओ बनाउने योजना बनाएपछि उच्च कर्मचारीको मनोबल घटेको मात्रै छैन । जागिर नै छोड्ने मनस्थितीमा पुगेको एक उच्च कर्मचारीले आर्थिक बजार न्यूजडटकमलाई बताए ।
एउटा डरलाग्दो घटना सनराईज बैंक भित्रै कर्मचारीहरुबाट भएको भेटिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट ४ लाख ८० हजार सनराईज बैंकका दुई कर्मचारी अजय कुमार कर्ण र देवराज तिमिल्सेना र प्रतिष्ठानकै विद्यार्थीद्वय प्रभात कपाडी र विवेक झाको मिलमोतोमा भएको प्रहरीले पुष्टी गरेको छ ।
यी ४ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको खुलेको छ ।
प्रहरी भन्दछः– पक्राउ गरिएको सनराई बैंक लिमिटेड सिराह मिचैया शाखाका कर्मचारीले दिएको बयान अुनसार बैंक बदनाम हुन्छ, घटना वाहिर नल्याउन सीइओ जनक शर्मा पौडेलको निर्देशनमा हामीले लुकाएको हौं, भनेका छन् । गर्भनर साब यो कस्तो बैकिङ्ग हो । जनताको पैसा चोरी हुने सीइओ पौडेलको बैंक बदनाम हुने ?
सो अस्पतालको निर्देशक गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर किर्ते गरी सो रकम चोरी भएको प्रहरीले बताएको छ ।
भदौमै बैंकको मिचौया शाखाबाट दुई कर्मचारीको मिलोमतोमा साटिएको चेक ३ महिनासम्म पनि बैंकको बदनाम हुने भन्दै सीइओ जनक शर्मा पौडेलले प्रहरीमा उजुरी नगर्न आदेश दिएको खुलेको छ ।
कर्मचारी र दुई विद्यार्थीको मिलोमतोमा किर्ते हस्ताक्षर र स्ट्याम्प बनाएर पैसा चोरी भएको छ ।
जनताको डिपोजिटबाट १ करोड १८ लाखको गाडी चढ्ने १० लाख मासिक तलब खाने अनि जिम्मेवारी नलिने बैंकका सीइओ जनक शर्मा पौडेलको बैकिङ्ग नम्सले हावा खाएको यो पछिल्लो उदाहरण मात्रै हो ।
यस्ता दर्जनौ काण्ड बैंक भित्र भएपनि बैंकको बदनाम हुने भन्दै सीइओ पौड्लले लुकाउँदै आएको बैंकका एक उच्च कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग बर्ताए । कहाँ छ राष्ट्र बैंक ? कहाँ छन् गर्भनर डा. नेपाल ? सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































