जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही खाताधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ साउन १५ गतेसम्म उक्त शुल्क बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, प्रभु पे, आइएमई पे,खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र ५० रुपैयाँको दरले शुल्क तिरी नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ

5180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका