जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • घट्ने भयाे विद्युत् महशुल

घट्ने भयाे विद्युत् महशुल

विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।

देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उनले बताए ।

उर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले आगामी बजेटबाट यस्तो अनुदान हटाउन सक्ने बताएको उनको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका