जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एसिया छाडेर खतिवडा पनि हिँडे म्यानमारको बैंकमा, गुरुङको ‘सेकेन्ड म्यान’, कत्रो छ बैंक?

एनआइसी एसिया छाडेर खतिवडा पनि हिँडे म्यानमारको बैंकमा, गुरुङको ‘सेकेन्ड म्यान’, कत्रो छ बैंक?

बैंकर भेषराज खतिवडा म्यानमारको एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्।

एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रहेका उनले त्यहाँबाट औपचारिक बिदाइ लिइसकेका छन्। उनी ‘म्यानमार सिटिजन्स बैंक’ मा जान लागेका हुन्।

बैंकको प्रमुख कार्यकारी अधिकृत भएर गोविन्द गुरुङ गइसकेका छन्। गुरुङ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत छाडेर त्यहाँ गएका हुन्। गुरुङले आफ्नो ‘सेकेन्ड म्यान’ का रूपमा खतिवडालाई लैजान लागेका हुन्।

खतिवडा एनआइसीअघि सिभिल बैंकमा सहायक महाप्रबन्धक थिए। उनले करियर भने एनआइसी (मर्जर अघिको) बाटै सुरु गरेका थिए। उनले त्यहाँ १२ वर्ष काम गरेर तत्कालिन किष्ट (अहिलेको प्रभु बैंक) मा गएका थिए। प्रभु बैंकपछि उनी सिभिल बैंक गएका थिए। त्यसपछि एनआइसी एसिया गएका थिए।

म्यानमार सिटिजन्स बैंक २९ वर्षअघि नै सञ्चालनमा आए पनि पाँच वर्षअघि मात्र त्यहाँको ‘यङ्गुन स्टक एक्सचेञ्ज’ मा सूचीकृत भएको थियो।

बैंकमा ७७.४ प्रतिशत सेयर ६ वटा व्यवसायिक घरानाको छ। त्यहाँको वाणिज्य मन्त्रालयको ९.८ प्रतिशत सेयर छ भने सर्वसाधारणमा १२.८ प्रतिशत सेयर छ।

चुक्ता पुँजीका हिसाबले यो नेपालको भन्दा सानो आकारको बैंक हो। स्थानीय स्टक एक्सचेञ्जलाई उपलब्ध गराइएको वित्तीय विवरण अनुसार यसको चुक्ता पुँजी ५२ अर्ब क्याट्स छ। अर्थात नेपाली रुपैयाँमा परिवर्तन गर्दा ३ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी छ। नेपालका वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब छ।

8445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?