जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लिवियाली तेल उत्पादनमा ७५ प्रतिशतले कमी

लिवियाली तेल उत्पादनमा ७५ प्रतिशतले कमी

लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादन तेब्बर घटेको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार बताएको छ ।

लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले गत जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्ता एता ७५ प्रतिशत तेल उत्पादन घटेको छ । लिवियाको विद्रोही शक्ति सैनिक नेता खालिफा हफ्तरको समूहले तेल उत्पादनमा रोक लगाएका कारण दैनिक कुल तीन लाख २० हजार तेल उत्पादन हुने गरेको छ ।

विद्रोहीले तेल उत्पादनलाई अवरूद्ध गर्नुपहिले लिवियामा दैनिक १२ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको उक्त कम्पनीले बताइएको छ । लिवियामा जारी द्वन्द्व अन्त्यका लागि केही समय पहिले फ्रान्समा र गत हप्ता जर्मनीमा सरकार र विद्रोहीबीच युद्धविराम गराउन राष्ट्रसंघको पहलमा प्रयास भएको भए पनि द्वन्द्वरत पक्षबीच सम्झौता हुन सकेकोे थिएन ।

7085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?