जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो ।

‘बैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेशन गरिरहेको छ, आन्तरिक कामहरु पेपरलेस भइरहेका छन्, बैंकले कर्जादेखि अन्य सेवाहरु पेपरलेस बनाएको छ,’ उनले भने ।

उनका अनुसार बैंकको वार्षिकोत्सवको अवसरमा क्रेडिट कार्ड पनि गरिने भएको छ । बैंकले डिजि बैंक बनाउन मोबाइल बैंकिङ्ग एपलाई आधुनिक बनाएको छ । ग्राहकलाई बैंकिङ्ग सम्बन्धी कुनै समस्या परेमा शाखा कार्यालय धाउनु नपर्ने उनले बताए । ग्राहकलाई डिजिटल बैंकिङ्ग सँगै जोखिमका बारेमा पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

‘ग्राहकलाई बैंकसँग अन्तक्रिया गर्नु परेमा ‘डिजिटल च्याटबट’ बाट गर्न सकिन्छ, डिजिटल बैंकिङ्गमा प्रवेश गरेको हुँदा सचेतना फैलाउने काम भइरहेको छ, डिजिटल बैंकिङ्गको जोखिमका बारेमा पनि सचेतना दिन जरुरी भइसक्यो,’ उनले भने ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्