जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि हुँदा खुद बीमा शुल्क आर्जन २४ करोड ७७ लाखमाथि

प्रभु इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि हुँदा खुद बीमा शुल्क आर्जन २४ करोड ७७ लाखमाथि

प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ९४ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ८३ करोड २८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २४ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क सामान्य प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीले ४१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ९९ रुपैयाँ रहेको छ ।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका