जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • भन्सारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह

भन्सारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार कारोबारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवस २०२० का आवसरमा नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

राजश्व सचिव शिशिर ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कायृक्रममा अध्यक्ष श्रेष्ठले भन्सार दरबन्दी घटाउनुपर्ने र कारोबार मूल्यलाई नै मान्यता दिनुपर्ने डब्लूटीओको सिद्धान्त अनुशरण गर्नुपर्नेमा जोड दिए । भन्सार प्रशासनमा विगतको तुलनामा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै उनले राजस्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भन्सारले सहजीकरण गर्नुपर्ने बताए । आईसीपी/ड्राई पोर्ट स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुग्ने उनले बताए ।

कार्यक्रममा राजस्व सचिव ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नका लागि राजस्व विभाग र चेम्बरबीच समन्वय हुनुपर्ने बताए । उनले भने, ‘आर्थिक समृद्धि प्राप्त गर्न हामी एक भएर जानुपर्छ र व्यवसायीहरुको समस्याहरु उचित ढंगले सम्बोधन गर्न हामी सदैव तत्पर रहनुपर्छ ।’

कार्यक्रममा व्यावसायिक वर्गबाट उठेका जिज्ञासाका सन्दर्भमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई  पारदर्शी बनाउन आफूहरु कटिबद्ध रहेको बताए।

11065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?