जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई पक्राउ

काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई पक्राउ

प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।

बिहीबार दिउँसो चेकिङमा खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा चौधरीको साथबाट ३४ लाख ९७ हजार रुपैयाँ नगद भेटिएको हो।

चौधरी जोरपाटीबाट गोकर्णतर्फ जाँदै थिए।

यस्तै, घटनाबारे थप अनुसन्धान गर्दा उक्त रकम चौधरीले गुरुङको रहेको भनेको एसएसपी बोहोराले बताए।

प्रहरीले ३४ लाख ९७ हजार नगद रुपैयाँसहित स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।

1610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका